गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता : सुकुम्बासी समस्यामाथि छलफल

नेपालखोज २०७९ माघ १२ गते १८:०७

काठमाडाैं । सुकुम्बासी समस्या समाधानका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

भेटमा महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ। छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेकाे बताएका थिए ।

केही समयअघि काठमाडाैं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । जवाफमा मन्त्रालयले प्रक्रिया पुर्‍याएर मात्रै सुकुम्बासी समस्या समाधान गर्ने बताएकाे थियो।

प्रतिक्रिया