मंगलबार, वैशाख ३०, २०८२

सर्वोच्च अदालतमा हेल्थ डेस्क सञ्चालन

नेपालखोज २०७९ माघ १३ गते १४:३७

काठमाडाैं । चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सर्वोच्च अदालतमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।

सर्वोच्चमा आज (शुक्रबार)देखि सञ्चालनमा आएको हेल्थ डेस्ककाे उद्घाटन अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र अस्पतालका प्रमुख डा.भूपेन्द्रकुमार बस्नेतले गरेका हुन् । डा. बस्नेतले मुख्य रजिष्ट्रार कुँवरको स्वास्थ्य जाँच गरी हेल्थ डेस्क सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार हेल्थ डेस्क हप्ताको तीन दिन (आइतबार, मङ्गलबार र बिहीबार) बिहान १० देखि २ बजेसम्म सञ्चालन हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ

प्रतिक्रिया