बिहीबार, चैत १५, २०८०

काजकिस्तानका मध्यावधि निर्वाचन घोषणा

नेपालखोज २०७९ माघ १३ गते २०:३८

काठमाडाैं । काजकिस्तानका नवनिर्वाचित राष्ट्रपति कास्यम जोमार्ट टोकाइभ मार्च १९ का लागि समयावधि अगाडि निर्वाचनको घोषणा गरेका छन् । संसद्को तल्लो सदनका लागि मार्च १९ मा निर्वाचन घोषणा गरिएको छ ।

गत वर्षको पहिलो अर्धवार्षिकमा मजिलिस र मस्लिखातहरू विघटन गरेपछि राष्ट्रको नाममा सम्बोधनमा टोकाइभले भनेका छन्- यो घोषणासँगै निर्वाचनका लागि निर्वाचनको अवधि छ महिनाभन्दा बढी हुनेछ।

उनले भनेका छन्- उम्मेदवार र राजनीतिक दलहरूलाई चुनावी अभियानको लागि तयारी गर्न यसपालि जति समय पहिले कहिल्यै थिएन।’ साथे यहाँ सबै तहका मस्लिखाटका प्रतिनिधिहरू केन्द्रीय निर्वाचन आयोगले नियुक्त गर्नेछन्।
मजिलिस र मस्लिखातहरूको लागि प्रारम्भिक चुनावको आयोजन संवैधानिक सुधारकला लागि हो र यो विषय राष्ट्रिय जनमतसङ्ग्रहमा नागरिकहरूले समर्थन गरेको विषय हो, उनले थपेका छन् ।

‘यी निर्वाचनले समाजमा भइरहेको परिवर्तनलाई मूर्त रूप दिनेछ र हाम्रो राजनीतिक प्रणालीलाई थप आधुनिकीकरण गर्न बलियो प्रेरणा दिनेछ,’ उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अस्टाना टाइम्सका अनुसार गत जुन ५ मा भएको राष्ट्रिय जनमत सङ्ग्रहको परिणामस्वरुप स्वीकृत संविधानको संशोधनलाई आगामी माजिलिस चुनावले कार्यान्वयन गर्नेछ।

राष्ट्रिय महत्त्वका जिल्ला र शहरको मस्लिखाटको निर्वाचन पनि मिश्रित निर्वाचन प्रणालीमा हुनेछ । संविधानको संशोधनको एजेन्डामा नयाँ राजनीतिक दलको दर्ताका लागि राखिएको थ्रेसहोल्ड लगायतका विषयहरू पनि समावेश हुनेछन् ।

संवैधानिक सुधारले दल दर्ताका लागि आवश्यक दर्ता सङ्ख्या को थ्रेसहोल्ड २० हजार बाट चार गुणा घटाएर पाँच हजार बनाइएको छ । क्षेत्रीय दलको प्रतिनिधित्वको लागि न्यूनतम आवश्यकता पनि ६०० बाट २०० जनामा घटाइएको छ।

संशोधन लागू भएपछि बैतक र गणतन्त्र पार्टी गरी दुई नयाँ दल दर्ता भएका छन् । हाल यहाँ सात दल दर्ता भएका छन् । निर्वाचन प्रणालीमा गरिने परिवर्तनहरूमध्ये ‘सबैका विरुद्धमा’ स्तम्भ थप्ने, दलहरूको माजिलिसमा प्रवेश गर्ने सीमा ७ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्नु र महिला, युवा र महिलाका लागि ३० प्रतिशत कोटाको व्यवस्था गर्नु रहेको छ ।

प्रतिक्रिया