शनिबार, मंसिर २९, २०८१

दिल्लीमा आजदेखि मेट्रो सञ्चालन, बजार खुला

नेपालखोज २०७८ जेठ २४ गते ९:०३

काठमाडौं । भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने स्थिती देखिएसँगै त्यहाँको अर्थव्यवस्था पुरानै लयमा फर्किने अवस्थामा पुगेको छ । जहाँ आजदेखि मेट्रोसमेत सञ्चालनमा आएको छ । तर मेट्रो ५० प्रतिशत क्षमतामा चलाइने छ । त्यसैगरी आजदेखि बजार पनि खुुल्नेछ । १९ अप्रिलदेखि जारी गरिएको लकडाउन जुन १४ सम्म लम्बाइएको छ । दिल्लीमा उत्पादन वा निर्माणका कामलाई अनुुमति दिएसँगै लकडाउन खुकुलो गदै लगिएको हो ।

के खुल्छ, के बन्द हुन्छ?

सरकारले इलाकामा सबै पसलहरू खोल्न अनुमति दिएको छ ।

मदिरा पसल पनि आज देखि खुल्नेछ ।

सिनेमा, थिएटर, रेष्टुरेन्टहरू (होम डेलिभरी), बार, जिम, स्पा, सैलुन र ब्यूटी पार्लरहरू अर्को आदेशसम्म बन्द रहनेछन् ।

मनोरञ्जन र अन्य यस्तै सुविधाहरू सम्बन्धित पसलहरू बन्द राख्न भनिएको छ ।

ई-कमर्श प्लेटफर्मको माध्यमबाट पनि डेलिभरी गर्न सकिने अनुमति दिइनेछ ।

५० प्रतिशत कर्मचारीको साथमा सरकारी र निजी कार्यालय खोल्न अनुमति दिइएको छ ।

कर्मचारीहरूले आवतजावतका लागि संस्थाद्वारा जारी मान्य प्रमाणपत्र र आधिकारिक पत्र राख्नुपर्नेछ ।

बजारको बारेमा के नियमहरू छन् ?

मल, बजार र व्यापार परिसर (साप्ताहिक बजार बाहेक) पसल नम्बरको आधारमा बिहान १० देखि बेलुका ८ बजेसम्म खुला रहनेछ ।

डीएमएले निर्देशनमा भनेको छ । यसको मतलव आवश्यक सामान विक्रि गर्ने बाहेकका पसल ५० प्रतिशत खुला रहनेछ ।

यद्यपि शैक्षिक तथा स्टेशनरीका पसलहरू, फ्यानका पसलहरू आदि हप्ताको सात दिन खोल्न अनुमति दिइएको छ ।

आवासीय परिसरहरूमा अवस्थित इलाकाका पसललाई आवश्यक र गैर-आवश्यक सेवाहरूको भेदभाव बिना खोल्न अनुमति दिइएको छ । यद्यपि गैर–अनिवार्य सेवाहरूको लागि समयसीमा बिहान १० देखि बेलुकी ८ बजेसम्म हुनेछ ।

प्रशासनले टोली खटायो

त्यहाँ कोरोना संक्रमणबाट बच्ने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउनेदेखि अन्य उपयुक्त व्यवहारको पालनाका लागि पुलिस र जिल्ला प्रशासनले टोली खटाएको छ । ठूला बजार, मल्ल र रक्सी पसल जस्ता संक्रमणको उच्च जोखिम भएका क्षेत्रहरूमा विशेष ध्यान दिइनेछ, किनकि यी ठाउँहरू जम्मा हुने सम्भावना बढी हुन्छ । कोरोनाबाट रोकथाम सम्बन्धी कानूनको पालना सुनिश्चित गर्न त्यस्ता ठाउँमा विशेष कर्मचारी खटाइनेछ ।

प्रतिक्रिया