बिहीबार, वैशाख १३, २०८१

राष्ट्र बैंकद्वारा पुनः २१ अर्ब १० करोडको ट्रेजरी आव्हान

नेपालखोज २०७९ माघ १५ गते १४:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने माघ १७ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रे जरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब १० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको ६ अर्ब रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ फागुन १६ गते, २०८० बैशाख १९ गते, २०८० साउन १६ गते र २०८० माघ १६ गते तोकिएका छन् । यि ट्रेजरीहरुमा १५ अर्ब १० करोड रुपैयाँ पुरानो नविकरण अन्र्तगत र तीन सय ६४ दिने अवधिको छ अर्ब भने नयाँ रहेको छ ।

यसअघि यही माघ १० गते पनि राष्ट्र बैकले तीन अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया