रविलाई फेरि सभापति बनाउने रास्वपाको तयारी
नेपालखोज
२०७९ माघ १५ गते १५:२१

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेसँगै उनलाई फेरि पार्टी सभापति बनाउने तयारी स्वरुप केन्द्रीय समितिको बैठक बोलाएको छ ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता पुनः प्राप्त नगरेको कारण अदालतले उम्मेदवारी खारेज गरिदिएपछि उपप्रधान तथा गृहमन्त्री, संसदीय दलको नेता, सांसद र पार्टी सभापतिबाट हट्नु परेको थियो ।
रास्वपाले आइतबार दिउँसो साढे ३ बजे बैठक बोलाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले नागरिकता नियमवालीको नियम ११ अनुसार नागरिकता पुनः प्राप्तिका लागि निवेदन दिएका थिए । निवेदनअनुसार उनले नागरिकता पुनः प्राप्त गरिसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया