शुक्रबार, वैशाख १४, २०८१

१४ अंकले घट्यो नेप्से तीन अर्ब एक करोडको सेयर किनबेच

नेपालखोज २०७९ माघ १५ गते १५:४२

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आईतबार) नै नेप्से घटेको छ । नेप्से आज १४ दशमलव ६८ अंकले घटेर २१ सय ६८ दशमलव ५३ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंकले घटेर चार सय १० दशमलव ३१ अंकमा झरेको छ ।

दुई सय ६७ वटा कम्पनीहरुको ५१ हजार नौ सय ७३ पटकको कारोबारमा ८२ लाख ७६ हजार सात सय ५१ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब एक करोड ७० लाख ६३ हजार नौ सय ५६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १४ वटा समूहहरुको कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । सो मध्ये होटेल तथा पर्यटन समूहको सूचक ६ दशमलव ८८ अंकले बढेर तीन हजार तीन सय ८२ दशमलव २४ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि ३७ दशमलव ९६ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक भने सात दशमलव ३५ अंकले घटेर १३ सय ९३ दशमलव ७९ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ६१ दशमलव ३५ अंकले घटेर तीन हजार सात सय ८८ दशमलव ५५ अंकमा झरेको छ ।

जलबिद्युत समूहको समूहको सूचक पनि आठ दशमलव ८९ अंकले घटेर २७ सय १८ दशमलव ६३ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि आठ दशमलव ७१ अंकले घटेर नौ हजार चार सय ७९ दशमलव ६९ अंकमा झरेको छ । फाइनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर चार सय ६२ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा समृद्धि फाईनान्सको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव नौ प्रतिशतले घटेर तीन सय २४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आईएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता पाँच सय १६ रुपैयाँ अन्तिम मूल्यमा नौं करोड ९९ लाख चार हजार तीन सय ९२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया