शनिबार, चैत ११, २०७९

रविले फिर्ता गरे पासपोर्ट

नेपालखोज २०७९ माघ १५ गते १७:०६

काठमाडौं । रवि लामिछानेले निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी (पासपोर्ट) फिर्ता गरेका छन् ।

उनले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका हुन् । उनले आजै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए ।

राहदानी सम्बन्धी कानूनमा आफ्नो नाममा जारी भएको राहदानी आफूलाई आवश्यक नभएको वा अन्य कुनै कारणले आफूसँग राख्न नसक्ने भनी विभागमा फिर्ता गर्न सकिने व्यवस्था छ ।

२१ फेब्रुअरी २०१४ मा अमेरिकी नागरिकता लिएका लामिछानेले निष्क्रिय भैसकेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा नेपाली राहदानी लिएका थिए ।

उनको नागरिकता विवादमा सर्बोच्च अदालतले अबैद्य ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्री सहित सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि खारेज भएको थियो ।

प्रतिक्रिया