बिहीबार, वैशाख ६, २०८१

पल शाहलाई सफाइ दिने नवलपुर अदालतको फैसला बदर गराउन सरकारी वकिल पुगे उच्च अदालत

नेपालखोज २०७९ माघ १५ गते १८:५१

पोखरा । अभिनेता पल (पूर्णविक्रम) शाहलाई जबर्जस्ती करणी (बलात्कार)को मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसला बदरकोा माग गर्दै जिल्ला सरकारी वकिल उच्च अदाललत पोखरामा पुगेका छन् ।

सफाइ दिने फैससलाविरुद्ध सरकारी वकिलको कायाँलयले बिहीबार उच्च अदालत पोखरामा पुनरावेदन दिएको छ । जबर्जस्ती करणीको मुद्दामा अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने माग पुनराववेदनमा गरिएको छ ।

अदालतले गत भदौ २१ गते बलात्कारको मुद्दामा पललाई सफाइ दिएको फैसलामा भने बालयौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

नाबालिकालाई बलात्कार गरेको आरोपमा गत फागुन ११ गते पीडित बालिकाको बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवपरासी पूर्व (नवलपुर)मा पलविरुद्ध उजुरी दिएका थिए । उजुरीपछि पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया