शुक्रबार, वैशाख ७, २०८१

गृह मन्त्रालयमा रास्वपाकै दाबी : कसलाई मन्त्री बनाउने हाम्रो पार्टीले मात्रै निर्णय गर्न सक्छ

नेपालखोज २०७९ माघ १५ गते १८:५७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फेरि पनि गृह मन्त्रालयमै दाबी गरेको छ। नागरिकता विवादमा सर्वोच्च अदालतको शुक्रवारको फैसलापछि रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्रीबाट हटेका थिए ।

आइतवार बसेको रास्वपाको केन्द्रिय समितिको बैठकले लामिछानेलाई नै सभापति बनाउने सर्वसम्मत निर्णय गरेको प्रवक्ता डा मुकुल ढकालले बताए । लामिछानेको मन्त्री सँगै सांसद पद पनि गएको थियो ।

‘गृह मन्त्रालय रास्वपाको भागमा परेको छ। यसबारे निर्णय गर्ने अधिकार रास्वपालाई मात्रै छ। सभापति ज्यूले सत्ता साझेदार दलसँग कुराकानी गर्नुहुन्छ । त्यसपछि मात्रै थाहा हुन्छ,’ उनले भने। गृहमन्त्रीमा कसलाई पठाउने भन्ने रास्वपाले मात्रै निर्णय गर्ने उक्त पार्टीले बताएको छ ।

प्रतिक्रिया