बिहीबार, चैत ६, २०८१

पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना पुष्टि

नेपालखोज २०७७ भदौ १० गते १६:२७

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ८ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Advertisement

जसमध्ये २ सय ९९ महिला र ५ सय ८६ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ जना पुगेको छ ।

देशभर रहेका ४० वटा प्रयोगशालामा १३ हजार २ सय ५३ जनामा गरिएको परीक्षणमा थप ८ सय ८५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनाबाट निकाे हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ ।

प्रतिक्रिया