बुधबार, वैशाख १२, २०८१

नक्कली मदिरा बनाएर बिक्री वितरण गर्ने तीन जना पक्राउ

नेपालखोज २०७९ माघ १५ गते १९:४८

काठमाडौं । ललितपुरमा बिदेशी ब्राण्डको नक्कली मदिरा बनाएर बिक्री बितरण गर्ने तीन जना व्यक्तिहरुहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार पक्राउ पर्नेहरुमा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं ३ घर भई हाल ललितपुरको कुपण्डोल बस्ने २७ बर्षिय निरज उप्रेती, स्याङजाको गल्याङ नगरपालिका वडा नं ९ घर भई हाल काठमाडौंको टोखा बस्ने २६ बर्षिय धर्मी गौडेल र सिन्धुलीको तिनपाटन घर भई हाल ललितपुरको टिकाथली बस्ने २६ बर्षिय गणेश बहादुर राना मगरलाई पक्राउ गरिएको हो ।

प्रहरीले अपरेशन लिमा २ सञ्चालन गरी ति व्यक्तिहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ जानकारी दिएको छ ।

ती व्यक्तिहरुले नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको पाइएको हो । नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको जानकारी पनि प्रहरीले दिएको छ ।

प्रतिक्रिया