शुक्रबार, चैत १६, २०८०

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडाैंमा

नेपालखोज २०७९ माघ १५ गते २०:०६

काठमाडाैं । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौँ आएकी छिन् । राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आइतबार साँझ काठमाडौँ आइपुगेकी हुन् ।

दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राईसहित अन्य नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने उनी सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् । नेपालपछि उनले भारत र श्रीलंकाको भ्रमण पनि गर्ने कार्यक्रम छ ।

नुल्यान्ड ३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन् । उनले राष्ट्रपति बाइडेन, ओबामा र बुश नेतृत्वका सरकार अन्तर्गत उच्च पदहरू सम्हालेकी छिन् ।

नेपाल भ्रमणको क्रममा उनले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी दुई देशबिचको बलियो दौत्य सम्बन्धमाथि जोड दिने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया