शुक्रबार, वैशाख १४, २०८१

प्रहरी हिरासतबाटै थुनुवा फरार

नेपालखोज २०७९ माघ १६ गते ९:३४

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ अभियुक्त फरार भएका छन् ।

आइतबार राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएका हुन् । ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना थुनुवा फरार भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार लागूऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोषण यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोषण महतो र शंकर सिंह फरार भएका छन् ।

प्रतिक्रिया