‘गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय सरकारको हुन्छ’
नेपालखोज
२०७९ माघ १६ गते १६:५१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सरकारको भएको बताएका छन् ।
सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस बिषयमा पार्टीमा छलफल नभएको बताए । ‘गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन, यो सरकारको विषय हो’, महराले भने, ‘गृहमन्त्री को हुन्छ, को हुन्न भन्ने कुरा उहाँ (प्रधानमन्त्री) ले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन ।’
बिहान ११ बजेका लागि बोलाइएको पदाधिकारी बैठकअघि प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केही पदाधिकारीसँग छलफल गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया