बिहीबार, वैशाख १३, २०८१

माया खोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

नेपालखोज २०७९ माघ १७ गते १२:१७

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको माघ १३ गतेदेखि निष्काशन खुला भएको आईपीओमा आवेदन दिने आज माघ १७ गते अन्तिम दिन हो ।

आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आईपीओका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात सर्वसाधारणको लागि प्रतिकित्ता रु १०० अङ्कित दरमा १९ लाख ९२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता शेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ ।

त्यस्तै दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख ९९ हजार २ सय जनाले १०–१० कित्ता शेयर पाउने छन् । आईपीओ भर्नेको संख्या १२–१५ हुने भएकोले उक्त कम्पनीको आईपीओमा पनि १० कित्ता मात्रै भर्नु उपयुक्त हुन्छ ।

कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।

प्रतिक्रिया