बुधबार, वैशाख १२, २०८१

१५ अंकले नेप्से घट्दा दुई अर्ब ८२ करोडको सेयर किनबेच

नेपालखोज २०७९ माघ १७ गते १५:२९

काठमाडौं । नेप्सेको उच्च गिरावटले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४१ दशमलव १६ अंकले घटेको नेप्से आज (मंगलबार) पुन: १५ दशमलव ७० अंकले घटेर २१ सय ११ दशमलव ६८ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३६ अंकले घटेर चार सय दशमलव ६२ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ५९ वटा कम्पनीहरुको ५३ हजार आठ सय ७८ पटकको कारोबारमा ७५ लाख ५३ हजार दुई सय ३५ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ८२ करोड ४५ लाख ४० हजार चार सय ६ रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा जलबिद्युत समूहको सूचक शुन्य दशमलव ६० अंकले बढेर २६ सय ३९ दशमलव ६१ अंकमा चढेको छ भने बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव ६३ अंकले घटेर १३ सय ६६ दशमलव ४४ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि १३ दशमलव ५० अंकले घटेर तीन हजार ६ सय ७९ दशमलव ६२ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि एक सय २८ दशमलव ४४ अंकले घटेर १० हजार आठ सय १३ दशमलव एक अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि ३२ दशमलव २४ अंकले घटेर नौ हजार एक सय ७७ दशमलव ३२ अंकमा झरेको छ । यि बाहेक फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज आर्दश लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १५ सय ९४ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव २१ प्रतिशतले घटेर चार सय ७७ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज रिडी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता पाँच सय ३९ रुपैयाँ अन्तिम मूल्यमा १९ करोड २० लाख ५४ हजार पाँच सय ८७ रुपैयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया