शुक्रबार, वैशाख ७, २०८१

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुने

नेपालखोज २०७९ माघ १७ गते १७:४७

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. मर्ज हुने भएका छन् । दुबै संस्थाहरुबिच मंगलवार होटल ¥याडिसन, लाजिम्पाट, काठमाडौंमा एक कार्यक्रम आयोजना गरी दुबै कम्पनीहरु एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुबै कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी बिशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ । त्यसै गरी दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिए रिर्पोट समेतका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. को शेयर आदान प्रदान अनुपात क्रमश १०० ः ८० कायम रहनेछ ।

साथै दुवै कम्पनीको आ.ब. २०७८÷०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात क्धबउ च्बतष्य गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पंूजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार एक सय ९५ रुपैयाँ कायम रहने छ ।

त्यसैगरी, मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३÷३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि.का तर्फबाट हाल रहनु भएका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया