सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुट्दा पैदलयात्रुलाई सकस

नेपालखोज २०७९ माघ १८ गते ११:५४

काठमाडौं । सिंहदरबारको पूर्वी गेटमा ढल फुटेर बिजोग भएको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट अगाडी हिजो मंगलबारदेखि बगेको फोहोर आज बुधबार बिहानसम्म सफा गरिएको छैन ।

ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य छ । त्यही माथिबाट गाडीहरु गुड्दा अनामनगर घट्टेकुलो चोकसम्मै सडक फोहोर भएको छ । पैदलयात्रुहरुलाई बाटोमा हिन्नै सकस भएको छ ।

प्रतिक्रिया