शुक्रबार, चैत १६, २०८०

नेपालबाट अयोध्या लगिएको शालिग्रामको के गरिदैछ ?

नेपालखोज २०७९ माघ १८ गते १५:२२

काठमाडाैं । अयोध्यामा निर्माणाधिन भव्य राम मन्दिरमा स्थापना गरिने भगवान रामको मूर्ति शालिग्रामबाट तयार पारिदैछ जुन शालिग्राम नेपालको गण्डकी नदीबाट लगिएको हो । ति दुई ढुङ्गाको तौल १ सय २७ क्विन्टल छ र भोलि फेब्रुअरी २ सम्ममा ती शालिग्राम अयोध्या पुग्नेछन् । ती शालिग्राम नेपालले भारतलाई उपहार स्वरूप उपलब्ध गराएको हो । काली गण्डकीमा पुजा पछि जनकपुरको मुख्य मन्दिरमा विशेष पूजा गरि उक्त शालिग्राम भारत पठाइएको थियो । योसँगै यी ढुङ्गाको पूजा पनि सुरु भएको छ । त्यसपछि गोरखपुर हुँदै ती शालिग्राम अयोध्या पठाइनेछ ।


अयोध्यामा रामजन्मभूमिको काम तीव्र गतिमा भइरहेको छ । भारतिय संचार माध्यमहरुका अनुसार जनवरी २०२४ सम्ममा रामजन्मभूमिको भुइँ तल्ला तयार हुनेछ । यो मन्दिर पहिले बाबरि मस्जिद भएको ठाउँमा निर्माण हुन लागेको छ जहाँ भएको हिन्दु मन्दिर भत्काएर मस्जिद निर्माण गरिएको आरोप लाग्दै आएको थियो । पछि हिन्दु उन्मादीहरुको हुलले उक्त मस्जिद माथि क्षति पुर्यायो । त्यतिबेला केही नेपालीहरु पनि स्वयंसेवकका रुपमा अयोध्यामा उपस्थित थिए । भारतमा लामो कानुनि लडाइँ पछि उक्त मस्जिद भएको ठाउँमा पहिले मन्दिर रहेको फैसला आयो र त्यहाँ हिन्दुबादि सत्तारूढ दल भाजपाको अगुवाइमा अहिले नमुना मन्दिर निर्माणाधीन छ ।

शालिग्रामको महत्व : हिन्दुशास्त्र अनुसार शालिग्राममा भगवान विष्णुको बास हुन्छ । माता तुलसी र भगवान शालिग्रामको कथा पनि हिन्दु पौराणिक ग्रन्थहरूमा उल्लेख छ । त्यसैले यी ढुङ्गालाई विशेष मानिन्छ । स्थानीय बासिन्दाहरुका अनुसार यी ढुङ्गा धार्मिक रुपमा किन महत्वपुर्ण छन भने ति भगवान विष्णुसँग सम्बन्धित छन् । शालिग्राम प्रायः गण्डकी नदीमा मात्र पाइन्छ । नेपाली जनताले परापुर्व देखि नै शालिग्राम पूज्दै आएका छन् । मान्यता अनुसार शालिग्राम ३३ प्रकारका हुन्छन् । शालिग्राम भगवान विष्णुका २४ अवतारसँग सम्बन्धित छ । शालिग्राम भएको घरमा सुख शान्ति कायम रहनुका साथै आपसी प्रेम कायम रहने जनविश्वास छ । यसका साथै शालिग्राम भएको घरमा लक्ष्मी माताको कृपा पनि कायम रहन्छ ।

गण्डकी नदीबाट अयोध्या लगिएको शालिग्राम पहिले विज्ञहरुले जाँच गर्नेछन् । प्राविधिक विज्ञहरूको प्यानलले छानबिन गरेपछि यस सँग मिल्दोजुल्दो र भव्य मूर्ति निर्माणका लागि ढुङ्गा कुँदने बिषयमा विचारविमर्श हुनेछ । जानकारीका अनुसार भगवान रामसिताको मूर्ति बनाउने जिम्मा प्रख्यात चित्रकार वासुदेव कामतका अलावा पद्मभूषण प्राप्त शिल्पकार राम सुधारलाई दिइएको छ । स्ट्याचु अफ युनिटीको डिजाइन पनि उनैले गरेका हुन् । हालै, लता मंगेशकरलाई श्रद्धान्जलिको रूपमा अयोध्यामा वीणा पनि स्थापना गरिएको छ ।

पहिलो चरणको मूर्ति निर्माणको जिम्मेवारी सम्हालेका चित्रकार वासुदेव कामत स्केच र पोर्ट्रेट निर्माणमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार हुन् । यसबाहेक मूर्तिकार पद्मविभूषण सुदर्शन साहु, पुरातत्वविद् मनैया वाडीगरका साथै प्राविधिक विज्ञ एवं मन्दिर निर्माण गर्ने वास्तुविद्हरुले पनि मूर्ति निर्माणमा भूमिका निर्वाह गर्नेछन । उक्त मूर्ति मन्दिरको वास्तुकलासँग समन्वय गरेर स्थापना गरिने छ । भनिन्छ- रामनवमीको दिन सूर्यको किरण उक्त मूर्तिको निधारमा पर्नेछ। यो मुर्ति ५ देखि साढे ५ फिटको बाल स्वरूपको हुने बताइएको छ । रामनवमीको दिन सूर्यको किरण सीधै मुर्तिको निधारमा पर्ने गरी यो उचाइ तय गरिएको हो ।

प्रतिक्रिया