आइतबार, पुष ६, २०८२

पाँच अंकले नेप्से बढ्दा एक अर्ब ७६ करोडको सेयर किनबेच

नेपालखोज २०७९ माघ १८ गते १५:२९

काठमाडौं । नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन १५ दशमलव ५१ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन बुधबार भने चार दशमलव ९७ अंकले बढेर २१ सय १६ दशमलव ६५ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५३ अंकले बढेर चार सय एक दशमलव १६ अंकमा चढेको छ ।

दुई सय ६१ वटा कम्पनीहरुको ३६ हजार आठ सय ७९ पटकको कारोबारमा ५० लाख २४ हजार तीन सय ८१ कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम एक अर्ब ७६ करोड ७० लाख ५१ हजार नौं सय १६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा पाँच वटा समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समूहको सूचक शुन्य दशमलव ६२ अंकले बढेर १३ सय ६७ दशमलव ७५ अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक पनि ४५ दशमलव ६५ अंकले बढेर तीन हजार सात सय २७ दशमलव ५४ अंकमा चढेको छ ।

यसैगरी जलबिद्युत समूहको सूचक पनि तीन दशमलव ७७ अंकले बढेर २६ सय ४३ दशमलव ३८ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि ८८ दशमलव पाँच अंकले बढेर १० हजार आठ सय ९७ दशमलव ११ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको समूहको सूचक पनि २० दशमलव पाँच अंकले बढेर नौ हजार एक सय ९५ दशमलव ९८ अंकमा चढेकोमा फाईनान्स, होटल तथा पर्यटन र उत्पादमुलक समूहको सूचक पनि बढेका छन् । लघुवित्त समूहको सूचक भने १५ दशमलव ४८ अंकले घटेर चार हजार ६ सय २५ दशमलव ९१ अंकमा झरेकोमा ट्रेडिङ, लगानी, सामुहिक लगानी कोष र अन्य समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज आर्दश लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १७ सय ५३ दशमलव ६० रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईबिएल समृद्धि फण्ड २ को प्रतियुनिट सेयर मूल्य तीन दशमलव ७४ प्रतिशतले घटेर सात रुपैयाँ ४७ पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल बैंकको प्रतिकित्ता दुई सय ६९ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ९३ लाख ३९ हजार चार सय ४४ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया