बिहीबार, वैशाख १३, २०८१

एक दर्जन वाणिज्य बैंकहरुले गरे लाभांश घोषणा, कुनको लाभांश कति ? (सुचीसहित)

नेपालखोज २०७९ मंसिर ११ गते १६:००

काठमाडौं । सञ्चालनमा रहेका २६ वटा मध्ये झण्डै एक दर्जन वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । वाणिज्य बैंकहरु मध्येमा राष्ट्रिय वाणिज्य बैंकको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचीकृत नभएको र सुचीकृत भएका २५ मध्ये हालसम्म ११ वटा वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन ।

घोषित लाभांस मध्येमा हालसम्म सबै भन्दा बढी लाभांश घोषणा गर्ने बैंककोरुपमा बैंक अफ काठमाडौं लिमिटेड (बिओके) परेको छ । बिओकेले गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट छ प्रतिशत बोनस सेयर र १४ दशमलव ९५ प्रतिशत नगद सहित कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बढी लाभांश घोषणा गर्ने दोस्रो ठुलो बैंकमा भने एभरेष्ट बैंक परेको छ । एभरेष्टले गत आवको खुद मुनाफा मध्येबाट १३ प्रतिशत बोनस सेयर र सात दशमलव ६८ प्रतिशत नगद सहित कुल २० दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यसैगरी स्टान्र्डड चार्टड बैंकले पनि गत आवको खुद मुनाफा मध्येबाट १६ दशमलव ५१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । ग्लोवल आईएमई बैंकले भने गत आवको खुद मुनाफा मध्येबाट तीन प्रतिशत बोनस सेयर र १० दशमलव ६० प्रतिशत नगद सहित कुल १३ दशमलव ६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कुमारी बैंकले भने गत आवको खुद मुनाफा मध्येबाट १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) ले पनि गत आवको खुद मुनाफा मध्येबाट तीन दशमलव ३७ प्रतिशत बोनस सेयर र सात दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले भने गत आवको खुद मुनाफा मध्येबाट चार प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद समेत गरी ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

गत आवको खुद मुनाफा मध्येबाट सानिमा बैंकले भने १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसैगरी प्रभु बैंकले पनि गत आवको खुद मुनाफा मध्येबाट ६ दशमलव ५० प्र्रतिशत बोनस सेयर र एक दशमलव ५० प्रतिशत नगद समेत गरी कुल आठ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । मेगा बैंकले भने गत आवको खुद मुनाफा मध्येबाट चार प्रतिशत बोनस सेयर र तीन दशमलव ८३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यस अवधिमा सिटिजन्स बैंक इन्टरनेशनलले भने नौं प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यि बैंकहरुको सञ्चालक समितीको बैठकले गरेको लाभांश घोषणाको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृती एवं सम्वन्धीत वाणिज्य बैंकहरुको साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउने छ ।

कुन बैंकको लाभांश कति ? हेर्नुहोस यस्तो छ अवस्था (प्रतिशतमा)
क्र.स बैंकको नाम बोनस नगद कुल
१ बैंक अफ काठमाडौं ५.०० १४.९५ २०.९५
२ एभरेष्ट बैंक १३ ७.६८ २०.६८
३ स्टान्र्डड चार्टड बैंक ०.०० १६.५१ १६.५१
४ ग्लोवल आईएमई बैंक ३.०० १०.६० १३.६०
५ कुमारी बैंक ०.०० १२.५० १२.५०
६ नेपाल क्रेडिट एण्ड कर्मस बैंक ३.३७ ७.६३ ११.००
७ नेपाल इन्भेष्टमेन्ट बैंक ४.०० ७.०० ११.००
८ सानिमा बैंक १०.०० ०.९८ १०.९८
९ प्रभु बैंक ६.५० १.५० ८.००
१० मेगा बैंक ४.०० ३.८३ ७.८३
११ सिटिजन्स बैंक इन्टरनेशनल ०.०० ९.०० ९.००
(श्रोत नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया