सभामुखले दिए रवि लामिछाने सांसद नभएको जानकारी
नेपालखोज
२०७९ माघ १८ गते १६:३७

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने सांसद् नभएको जानकारी गराएका छन् । सर्वोच्च अदालतबाट प्राप्त पत्र बाचन गर्दै उनले लामिछाने सांसद् नरहेको जानकारी गराए ।
उनले प्रतिनिधिसभा नियमावली बमोजिम अब एक सांसद् पद रिक्त भएको उनको भनाइ छ । सर्वोच्च अदालतले निर्वाचन लड्दा लामिछाने अवैध नागरिकता प्रयोग गरेको ठहर गरेको थियो ।
अदालतको आदेशपछि सांसद र मन्त्री पद गुमाएका लामिछानेले त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया