मेटलाइफद्वारा नयाँ बीमा योजना सार्वजनिक

नेपालखोज २०७९ माघ १८ गते २२:००

काठमाडौं । मेटलाइफ बीमा कम्पनीले नेपालमा मध्यावधि बृद्धि बीमा योजनो प्रचलनमा ल्याएको छ । मेटलाइफले आफ्ना ग्राहकहरूका लागि मध्यावधि लाभहरू सहितको नयाँ एन्टिसिपेटेट् एन्डोमेन्ट जीवन बीमा योजना ल्याएको हो । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख यंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा एक औपचारिक कार्यक्रममा नयाँ योजना सार्वजनिक गरिएको हो ।

यस योजना अन्तर्गत, बीमितले बीमालेखको मध्यावधिमा पुगेपछि बीमाङ्क रकमको ४० प्रतिशत रकम प्राप्त गर्नेछन्, अर्थात् उनीहरूले आग्रिम रुपमा एन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् र यसै अवधीमा बीमितको मृत्यु भएको अवस्थामा बीमाङ्क रकम बराबर १००% रकम इच्छाइएको व्यक्तिले प्राप्त गर्दछन् । यस योजनाको मध्यावधि पछि बीमितको मृत्यु भएको अवस्थामा इच्छाइएको व्यक्तिले बीमाङ्क रकमको दोब्बर रकम प्राप्त गर्नेछन् ।

काठमाडौंमा आयोजित उद्घाटन समारोहमा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘हामीले धेरै उत्साहका साथ हाम्रा ग्राहकहरूका लागि एक नयाँ विशेषता सहितको बीमा योजना ल्याएकाछौं जसले उनीहरूलाई आत्मविश्वासका साथ बाँच्न र संगसंगै बीमा अवधिको अन्त्यमा मात्र नभई अब मध्यावधिमै योजनाका फाइदाहरूको आनन्द लिन सक्नेछन् । हाम्रा ग्राहकको आवश्यकताहरुलाई केन्द्रित गर्दै यस बीमा योजनाले मध्यावधि भुक्तानी र मध्यावधि पछि दोहोरो कभरेजसँगै निरन्तर सुरक्षा प्रदान गर्नेछ ।’

योजनाका मुख्य लाभहरु अन्र्तगत योजनाले बीमा अवधिको मध्यावधिमा बीमाङ्कको ४० प्रतिशत र परिपक्वता मितिमा बीमाङ्कको ६० प्रतिशत रकम र थप आर्जित रिभर्सनरी बोनस सहित दुई चरणमा भुक्तानीे गरिने जीवित लाभ प्रदान गर्दछ । यसैगरी मृत्यु रक्षावरणको हकमा, यदि बीमितको मृत्यु बीमालेख लागु मिति र बीमालेखको मध्यावधिको बीचमा भएको अवस्थामा, इच्छाइएको व्यतिmले बीमाङ्क रकमको १०० प्रतिशत रकम र थप आर्जित रिवर्सनरी बोनस सहित प्राप्त गर्नेछन् ।

यदि बीमितको मृत्यु मध्यावधि पछि भएको अवस्थामा, इच्छाइएको व्यक्तिले बीमाङ्कको दोब्बर (दुई सय प्रतिशत) रकम र थप आर्जित रिवर्सनरी बोनस सहित प्राप्त गर्नेछन् र यस मृत्यु लाभबाट आंशिक जीवित लाभको रुपमा भुक्तानी गरिएको बीमाङ्कको ४० प्रतिशत रकम कटौती गरिनेछैन । यो बीमा योजनाको बीमा अवधि १२, १४, १६, १८, २०, र २२ वर्ष र न्यूनतम जारी उमेर ३१ दिन, अधिकतम ६० वर्ष रहेको छ । यस योजनाको न्यूनतम बीमाङ्क रकम दुई लाख ५० हजार अधिकतम बीमाङ्क पाँच करोड रुपैंयाँ रहेको छ । बीमितहरूले आफ्नो आवश्यकताहरूको आधारमा वार्षिक, अर्ध–वार्षिक, र त्रैमासिक रूपमा बीमाशुल्क तिर्न सक्छन् । यस योजनाले नगद समर्पण, बीमालेख ऋण सुविधा र बीमालेख जफत नहुने प्रावधानको विकल्पहरू चुक्ता बीमालेख र स्वतःबीमाशुल्क ऋण जस्ता विशेष प्रावधानहरू समावेश गरी थप लाभहरू प्रदान गर्दछ ।

अतिरिक्त बीमा रक्षावरणको लाभ लिन चाहनेहरुका लागि, यस योजना अन्र्तगत व्यत्तिगत दुर्घटना सुरक्षा लाभ, पुर्ण तथा स्थायी असक्तता भएमा बीमा शुल्क छुट र गम्भीर रोग सम्बन्धि घातक बीमारी पूरक करारहरु संलग्न गर्न सक्छन् ।

प्रतिक्रिया