तीनवटा प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने

नेपालखोज २०७९ माघ १९ गते ६:००

काठमाडौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको तथा देशका तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागेको विभागले जनाएको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आज राति प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ

प्रतिक्रिया