पीएलओलेले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने
नेपालखोज
२०७९ माघ १९ गते १२:०१

काठमाडौं । पूर्वाञ्चल ल्यूव आयल लिमिटेड ‘पीएलओले’ले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ । मोरङको सुन्दरहरैचा ९ मा रहेको कम्पनीले पाँच लाख कित्ता शेयर जारी गर्ने भएको हो ।
पाँच लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । ४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने पीएलओका प्रबन्ध निर्देशक दुलालले बताए । शेयर जारी गर्नका लागि विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया