शपथको व्यहोरामा राखिएको ‘गोपनीयता’ शब्द हटाउन सुझाव

नेपालखोज २०७९ माघ १९ गते १२:३७

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सार्वजनिक पद धारण गर्दा खुवाइने शपथ ग्रहणको व्यहोराबाट गोपनीयता शब्द हटाउन सुझाव दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार बुझाइएको वार्षिक प्रतिवेदन २०७८/७९ मा आयोगले उक्त सुझाव दिएको हो । ‘शासन पद्धतिमा भइरहेको विकास र सुशासनको आवश्यकतालाई ध्यानमा राखी गोपनीयताको शपथ गराउन सान्दर्भिक हुन सक्दैन । तसर्थ सार्वजनिक पद ग्रहण गर्नेका लागि शपथमा रहेको गोपनीयता शब्द पूर्णरुपमा हटाउनुपर्छ’ प्रतिवेदनमा भनिएको छ ।

शासनमा खुला, पारदर्शिता र सुशासनको कुरा गर्ने तर पदको शपथ खुवाउँखा गोपनीयताको कसम खाने कुरा आपसमा बाझिएको आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीको भनाइ छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले शपथ ग्रहण गर्दा प्रयोग गर्ने गोपनीयता कायम गर्ने भन्ने शब्द असान्दर्भिक रहेको उनको भनाइ छ ।

प्रचलित कानुनमा संशोधन गर्नुपर्ने र अब बन्ने नयाँ कानुनमा पनि गोपनीयताको शपथ खाने व्यवस्था राख्न नहुने आयोगको निष्कर्ष छ ।

प्रतिक्रिया