बिहीबार, चैत १५, २०८०

प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त

नेपालखोज २०७९ माघ १९ गते १५:३३

काठमाण्डौं । पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले शेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सर्वसाधारणलाई ५ लाख कित्ता शेयर जारी गर्नको लागि पुर्वाञ्चल ल्यूव आयल र प्रभु क्यापिटलबीच बुधबार सम्झौता सम्पन्न भएको छ । सम्झौतामा पुर्वाञ्चल ल्यूव आयल लिमिटेडको तर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

मोरङ्गको बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले २३ बर्षदेखि आफनो उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ । नेपाल भर ९३ भन्दा बढी डिलर र ११ हजार भन्दा बढी खुद्रा व्यापारी बनाएको पुर्वाञ्चल ल्यूव आयल लिमिटेड नेपालकै अग्रणी ल्यूब्रीकेन्ट कम्पनीको परिचय बनाएको छ ।

लिमिटेडले विभिन्न प्रकारका एीइ ब्राण्डको ल्यूब्रीकेन्ट उत्पादन र बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया