शनिबार, वैशाख १५, २०८१

२२ अंकले घट्यो नेप्से, दुई अर्ब नौ करोडको सेयर किनबेच

नेपालखोज २०७९ माघ १९ गते १५:३४

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्सेमा पुन गिरावट आएको छ । यसअघि लगातार घटेर चौंथो दिन पाँच अंकले बढेको नेप्से आज पुन २२ दशमलव १२ अंकले घटेर दुई हजार ९४ दशमलव ५४ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८० अंंकले घटेर तीन सय ९८ दशमलव ३७ अंकमा झरेको छ ।

दुई सय ५७ वटा कम्पनीहरुको ३९ हजार छ सय ४२ पटकको कारोबारमा ५८ लाख ९८ हजार नौ सय तीन कित्ता सेयर खरिद- बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब नौ करोड ६४ लाख १९ हजार एक सय ६१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समूहको सूचक पाँच दशमलव ४३ अंकले घटेर १३ सय ६३ दशमलव १३ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ६५ दशमलव दुई अंकले घटेर तीन हजार छ सय ६२ दशमलव ६६ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक पनि ५४ दशमलव ५१ अंकले घटेर २५ सय ८८ दशमलव ९९ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि दुई सय ३६ दशमलव १६ अंकले घटेर १० हजार ६ सय ६१ दशमलव ६९ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि एक सय ३३ दशमलव १४ अंकले घटेर नौ हजार ६५ दशमलव ७४ अंकमा झरेको छ । फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज आर्दश लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १९ सय २८ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको हुँदा सर्पोट माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ८० प्रतिशतले घटेर ११ सइ ५४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज स्टान्र्डड चार्टड बैंकको प्रतिकित्ता पाँच सय १२ रुपैयाँ अन्तिम मूल्यमा १० करोड १३ लाख ९१ हजार दुई सय ५२ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया