शुक्रबार, वैशाख १४, २०८१

पछिल्लो चौबीस घण्टामा १२ संक्रमित, ५ जना निको

नेपालखोज २०७९ माघ १९ गते १६:२५

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर १२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ८५० जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको हो ।

१५७ जनाको पीसीआर परीक्षण गर्दा ०३ जनामा र ६९३ जनाको एन्टिजेन परीक्षण गर्दा ०९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ०५ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने २६ पुगेको छ ।

प्रतिक्रिया