बुधबार, असार ११, २०८२

गृह मन्त्रालयको निर्णय लिन रास्वपाले दियो २ दिनको समय

नेपालखोज २०७९ माघ १९ गते २०:४०

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २ दिनको समय दिएको छ ।

आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डले माग सम्बोधन गर्न दुई दिन समय मागेकाले त्यतिबेलासम्म पर्खिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले बताए । नागरिकता प्रकरणमा रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए ।

प्रतिक्रिया