बुबाकाे हत्या आरोपमा छोरा पक्राउ
नेपालखोज
२०७९ माघ २० गते १३:१०

काठमाडाैं । रौतहटको चन्द्रनिगाहपुरमा छोराले दाउराको चिरपटले हानेर बाबुको हत्या गरेका छन् । आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको हाे ।
मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारकाे मृत्यु भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया