न्याय माग्‍दै धर्नामा बसेका महिलालाई आन्दोलन छाड्न दबाब

नेपालखोज २०७९ माघ २० गते १७:२३

काठमाडौं । बाँकेकी निर्मला कुर्मीका लागि न्याय माग्दै ३७ दिनदेखि धर्ना दिइरहेका महिलाहरुमाथि आन्दोलन छाड्न दबाब दिएको छ ।

काठमाडौं राजधानी ३७ दिनदेखि धर्ना बसिरहेका महिलाको परिवारलाई धम्क्याउँदै आन्दोलन छाड्न दबाब दिएको हो ।

निर्मलाको अपहरण र हत्याका मुख्य आरोपित बादशाह कुर्मिले गाउँपालिकासंग मिलेर आन्दोलन छाड्न दबाब दिईरहेको गुर्तालले सुनाईन् ।

निर्मलाका लागि न्याय माग्दै माईतिघरमा धर्ना बसिरहेकी मनकुमारी गुर्तालका श्रीमान कलिम तेली बाँकेको जानकी गाउँपालिकाम सवारी चालकको काम गर्छन् । मनकुमारीले आन्दोलन नछाडे उनका श्रीमानलाई जागिरबाट निकाल्ने धम्की आएको छ ।

गुर्ताल ति महिला हुन जसले निर्मलाको अपहरण र हत्याको घटनामा बादशाह विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी नै दिएकी छन् ।

प्रतिक्रिया