पाकिस्तानमा अहमदिया मस्जिदमा तोडफोड, २० दिनमा दोस्रो घटना

काठमाडौं । पाकिस्तानको कराँची सहरमा रहेको अहमदिया मस्जिदमा तोडफोड भएको छ । यस सम्बन्धमा प्रहरीले हालसम्म कुनै कारबाही गरेको छैन । पछिल्लो २० दिनमा यस्तो दोस्रो घटना हो ।
अहमदिया मुस्लिमहरुलाई पाकिस्तानमा गैर-मुस्लिम घोषित गरिएको छ, त्यसपछि उनीहरुले मुस्लिमहरूको धार्मिक चिन्ह वा परम्पराहरू अपनाउन सक्दैनन् । घटना बिहीबार दिउँसो कराँचीको भीडभाड क्षेत्रमा रहेको मोबाइल मार्केट नजिक भएको हो ।
यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा मानिसहरु मस्जिदमा चढेर हथौडाले मीनार भत्किरहेका छन् । र तल उभिरहेका मानिसहरु खुशीले कराइरहेका छन् ।
अन्जुमन-ए-अहमदिया पाकिस्तानका मिडिया विभागका इन्चार्ज अमिर महमूदले बीबीसीलाई बताए कि दिनको ३:३० बजेतिर १५ जना अहमदिया मस्जिदमा आए र मीनारहरु तोड्न थाले । उनले अहमदिया मुस्लिमविरुद्ध नारा पनि लगाएका थिए ।
अमिर महमूदले भने, ‘मस्जिद तोड्नेलाई त्यहाँ उपस्थित प्रहरीले पनि रोक्न सकेन । कराचीमा पछिल्लो दुई हप्तामा यो दोस्रो घटना हो। यसअघि जनवरी १८ मा केही व्यक्तिले मार्टिन रोडमा रहेको मस्जिदमा तोडफोड गरेका थिए । यस विषयमा एफआइआर दर्ता भए पनि पक्राउ परेन ।’
प्रेडी पुलिस स्टेशनका एसएचओ सज्जाद खानले बीबीसीलाई भने कि उनीहरु एफआईआर दर्ताको लागि पर्खिरहेका थिए । उनीहरूलाई सम्पर्क गरिएको छ र अहमदिया समितिले मुद्दा दर्ता नगरेमा उनीहरूले कदम चाल्नेछन् । सरकारको तर्फबाट एफआईआर दर्ता गरिनेछ । -बीबीसी हिन्दी
प्रतिक्रिया