प्रदेश १ र गण्डकीका हिमाली भेगमा हिमपातको सम्भावना
नेपालखोज
२०७९ माघ २१ गते ६:१५

काठमाडौ । हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ भने देशका तराईका भूभागमा हुस्सुरकुहिरो लागेको विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
सम्बन्धित

प्रतिक्रिया