शुक्रबार, जेठ ३, २०८२

क्यानाडा र अमेरिकामा कडा शीतलहर, तापक्रम माइनस १७ डिग्रीसम्म पुग्ने अनुमान

नेपालखोज २०७९ माघ २१ गते १०:४५

एजेन्सी । उत्तरी अमेरिका र क्यानाडाका करिब १० करोड मानिसले अहिले कडा जाडोको सामना गरिरहेका छन्। त्यहाँको मौसम विभागले धेरै चिसो हावा चल्ने अनुमान गर्दै शीतलहरको समस्या निम्तिन सक्ने बताएको छ ।

चिसोको यो लहरमा छाला तथा छाला मुनिको तन्तु चिसो भएर मानव शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ। मौसम विभागले क्यानाडाको मनिटोबा प्रान्त तथा अमेरिकाका बासिन्दाहरूलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ । अमेरिकामा खराब मौसमका कारण गएको सोमबार यता ११ जनाको मृत्यु भैसकेको छ ।

जसमा टेक्सासका आठ, ओक्लाहोमाका दुई र अर्कान्सासका एक जना मानिस छन । यसरी त्यहाँको तापक्रम घट्नुमा आर्कटिक क्षेत्रबाट आउने चिसो हावा जिम्मेवार रहेको बताइएको छ । अमेरिकाका धेरै राज्यमा शुक्रबार दिउँसोसम्म ८.२ लाख मानिसले माइनस १७ डिग्री सेल्सियस तापक्रमको सामना गरेका थिए ।

अमेरिकाका केही भागले अहिले १९७१ पछिको सबैभन्दा चिसोको सामना गरिरहेका छन् भने पोर्टल्याण्ड सहरमा हावाको चिसो माइनस ४०.५ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया