रक्षामन्त्रीद्वारा जंगी अड्डाको निरीक्षण

नेपालखोज २०७९ माघ २१ गते १४:३४

काठमाडौं । रक्षामन्त्री हरि प्रसाद उप्रेतीले जंगी अड्डा्को परिचयात्मक निरीक्षण भ्रमण गरेका छन् । रक्षामन्त्रीमा नियुक्त भएपश्चा्त उनले शुक्रबार पहिलो पटक जंगी अड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् । जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा मन्त्री उप्रेती समक्ष नेपाली सेनाको संगठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले संचालन गरिरहेका विविध गतिविधिहरुको बारे जानकारी गराइएको थियो ।

कार्यक्रमको दौरान प्रधान सेनापति महारथी प्रभुराम शर्माले नवनियुक्त रक्षामन्त्रीलाई बधाई ज्ञापन गर्दे नेपाली सेनाका सकलदर्जाको तर्फबाट जंगी अड्डाामा स्वागत गरे । उनले नेपाली सेना सम्पूर्ण नेपालीहरुको आफ्नै छोराछोरीहरु सम्मिलित राष्ट्रकै उत्कृष्ट संस्था भएको उल्लेख गर्दे सेनाले विधिसम्मत ढंगले प्राप्त जिम्मेवारीहरु समर्पित तवरले पुरा गर्दै देश र जनताको हितमा मरिमेट्दै आइरहेको कुरा बताए ।

उनले बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशहरुबाट श्रृजित चूनौतीहरु सम्बोधन, समाधान र न्यूनीकरण गर्न नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको एवं त्यसमा नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट प्राप्त हुँदै आएको सहयोग प्रति कृतज्ञता प्रकट गर्दै यस्तो सहयोगको निरन्तरता प्रति आफ्नो विश्वाास व्यक्त गरे । प्रधान सेनापतिले सरकारले नेपाली सेनालाई सुम्पिएका जिम्मेवारी एवं संविधानप्रदत्त दायित्वहरु निर्वाह गर्दा विद्यमान कानूनी प्रावधानहरु पुरा गर्दै अगाडी बढ्नु पर्ने मान्यतामा नेपाली सेना अडिग रहेको प्रष्ट्याए ।

सो कार्यक्रमको दौरान रक्षा सचिव श्री किरणराज शर्माले विपद् व्यवस्थापन लगायत नेपाली सेनाको समग्र क्षमता विकास गर्ने एवं नेपाली सेनालाई आत्मनिर्भर बनाउदै लैजाने कुरामा रक्षा मन्त्रालय र नेपाल सरकारको विशेष जोड हुनु पर्ने कुरा बताउँदै त्यसका लागि श्रोत साधनको व्यवस्था तथा आवश्यक कानूनी प्रावधान तयार गर्ने कार्यमा नवनियुक्त रक्षामन्त्रीबाट विशेष अग्रसरताको अपेक्षा गरेको कुरा बताए ।

कार्यक्रममा रक्षामन्त्री उप्रेतीले आफ्नो पहिलो जंगी अड्डा भ्रमणको दौरान नेपाली सेनाको बारे उपलब्ध गराएको जानकारीका लागि धन्यवाद ज्ञापन गर्दे राष्ट्रिय एकीकरण अभियानको प्रारम्भ देखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्नभ नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिकाको प्रशंसा गरे । रक्षामन्त्रीले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पदै आएका थप दायित्वहरु निर्वाहमा अब्बल रहँदै आएको नेपाली सेना, नेपाल सरकार तथा नेपाली जनताको भरोसाको केन्द्रका रुपमा रहेको बताए ।

उनले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाली सेनाले पुर्र्याएको योगदानको चर्चा गर्दै हाल संयुक्त राष्ट्रसंघलाई फौज उपलब्ध गराउने देशहरु मध्ये दोश्रो भएतापनि विश्वु शान्तिका लागि जोखिम बहन गर्ने एवं साहस प्रदर्शन गर्ने फौजमा नेपाली सेना सधै अग्रपंक्तिमा रहेको र यसबाट आफू अत्यन्तै खुसी हुने गरेको उल्लेख गरे । रक्षामन्त्रीले हरेक विपद्को घडीमा नेपाली जनताको साथमा रहँदै आएको नेपाली सेनाले दुर्गम क्षेत्रमा, राज्यका सबै विकट स्थानहरुसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान दिँदै आएको कुरा बताए ।

उनले हालै बहुचर्चित राष्ट्रिय गौरवको काठमाण्डौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको भ्रमण गर्ने क्रममा भैरहेको प्रगति देख्दा आफु सन्तुष्ट भएको भन्दै आयोजना पुरा गर्ने क्रममा देखा परेका चूनौतीहरुलाई सम्बोधन गर्दै गुणस्तरीय ढंगले, छिटो कार्यसम्पन्नै गर्न आफ्नो तर्फबाट सबै किसिमको सहयोग रहने विश्वानस दिलाए । नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा संगठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका निर्वाह गरिरहने कुरा बताउँदै उच्च हौसला सहित कर्तव्यपथमा समर्पित रहिरहन नेपाली सेनाका सकलदर्जालाई आव्हान गरे ।

कार्यक्रमको आरम्भमा बलाधिकृत रथी सरोज प्रताप राणाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा रथी वृन्दका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरुको उपस्थिति थियो ।

प्रतिक्रिया