बुधबार, वैशाख १२, २०८१

म्यागङले जित्यो ‘तादी अध्यक्ष कप’ भलिबल प्रतियोगिताको उपाधि

नेपालखोज २०७९ माघ २१ गते २१:१६

नुवाकोट । ‘नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि म्यागङ गाउँपालिकाले जितेको छ ।

आज भएको फाइनलमा २–१ को सोझो सेटमा आयोजक तादीलाई म्यागङ गाउँपालिकाले हराएको हो । प्रतियोगितामा पञ्चकन्या गाउँपालिका तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम भएको म्यागङले एक लाख ५० हजार रुपैयाँ, दोस्रो भएको तादीले एक लाख रुपैयाँ र तेस्रो भएको पञ्चकन्याले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि पूर्वखेलकुदमन्त्री तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले प्रदान गरे ।

उहाँले प्रतियोगिता सञ्चालन गरिएको अमरज्योति माध्यमिक विद्यालय खरानीटारको खेलमैदानलाई क्षेत्रीयस्तरको रङ्गशाला निर्माणका लागि सहयोगको प्रतिबद्धता जनाए ।

खेलमार्फत् विकास, अनुशासन र गतिशीलता दिन सुरु भएको भलिबल प्रतियोगिताको आगामी वर्षहरूमा थप निरन्तरता दिँदै महिला र पुरुष दुवैको सहभागिता गराउने आयोजक तादी गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङले बताए । यही माघ १८ देखि सुरु भएको प्रतियोगितामा जिल्लाको १२ पालिकाबाट १३ समूहको सहभागिता थियो ।

प्रतिक्रिया