बुधबार, असार ११, २०८२

रास्वपा बैठकमा भौतिक पूर्वाधार मन्त्रालयको बारेमा छलफल

नेपालखोज २०७९ माघ २१ गते २१:४७

काठमाडौं । गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान लिएको राष्ट्रिय स्वतन्त्र पार्टीको जारी बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका बारेमा छलफल चलेको छ ।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डलाई २ दिनको समय दिएको रास्वपाले समयावधि सकिन लाग्दा बैठक बोलाएको हो ।

रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेका छन् । रास्वपा बैठकमा गृह मन्त्रालय छाड्ने कि नछाड्ने र सरकारमा रहने कि नरहने भन्नेबारे छलफल चलिरहेको छ ।

प्रतिक्रिया