साफ यू-ट्वान्टी महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै
नेपालखोज
२०७९ माघ २२ गते ७:४१

काठमाडौं । बंगलादेशमा जारी साफ यू-ट्वान्टी महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भुटानसँग खेल्ने छ । नेपाल र भुटानबीचको खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ । भुटानविरुद्ध खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा नेपाल पराजित भएको थियो । शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । भुटान पनि पहिलो जितको खोजीमा हुनेछ । भुटान पहिलो खेलमा भारतसँग १२-० ले पराजित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया