बिहीबार, वैशाख १३, २०८१

सांसद घोषणाको माग गर्दै आयोग पुगे श्रेष्ठ

नेपालखोज २०७९ माघ २२ गते १३:३३

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् ।

चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८३ मत पाएर दोस्रो भएका थिए । १३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला सुनाएको थियो ।

रविको नागरिकतालाई लिएर उजुरी परेपनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठको जिकिर छ । जित्ने र हार्ने दुबैलाई अन्याय भएकाले नजिर बसोस् भनेर आयोगमा आफू गएको उनको भनाइ छ ।

प्रतिक्रिया