शुक्रबार, वैशाख ७, २०८१

काँग्रेस राजनीतिक अस्थिरता बढाउने अलोकतान्त्रिक कार्यमा लागेको छ : ओली

नेपालखोज २०७९ माघ २२ गते १५:२०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस देशको राजनीतिलाई अस्थिर बनाउने खेलमा लागेको बताएका छन् । उनले अस्थिरताको राजनीतितर्फ लागे नेपाली कांग्रेसलाई प्रत्युत्पादक हुने चेतावनी पनि दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले कांग्रेसलाई प्रतिपक्षको परिचय सकस भएको बताए । उनले संसद्मा कांग्रेले प्रदर्शन गरेको व्यवहार लोकतन्त्र अनुकुल नभएको बताएका छन् ।

ओलीले अहिले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिरहेका छन् । उनले संसद्मा विशेष समय लिएर सम्बोधन गर्दैछन् । उनले सरकार गठनको पृष्ठभूमिका बारेमा बताउँदै भनेका छन्, ‘हामी जसरी पनि सरकार बनाउने अवस्थामा थिएनौँ । हामी प्रतिपक्षमा बस्न तयार थियौँ । कांग्रेसले स्वभावअनुसारको काम गरेको थियो । प्रतिपक्ष मानसिकताका साथ काम गरेका थियौँ तर सरकारको प्रतीक्षा गरिरहँदा निर्धारित समय सकिन लाग्यो । असामयिक चर्चा हुन थाल्यो । अस्थिरताबाट जोगाउन एमालेले पहल लिनुपर्ने अवस्था आयो । हामीले त्यसपछि सरकार बनाउन पहल सुरु गर्यौँ ।’

एमाले, माओवादी, रास्वपासहित सात दल र स्वतन्त्र सांसदले सहमति गरी प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया अघि बताउँदै उनले कांग्रेसबाट प्रदर्शित व्यवहार संविधानका लागि हितकर नभएको बताए । कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर मान्न सकस भएकोर प्रतिपक्षमा बस्न बाध्यता बनेको भन्दै कांग्रेस पानी बाहिरको माछाजस्तै छटपटाएकोजस्तो देखिएको उनको टिप्पणी छ ।

कांग्रेसलाई प्रतिपक्षीको परिचयले सकस परेको र बाध्यताले प्रतिपक्षमा बस्नु परेको दावी गर्दै ओलीले सत्ता बाहिर कांग्रेसले आफ्नो अस्तित्व आफैंले विश्वास गर्न नसक्ने अवस्थामा रहेको बताए । ओलीले बृहत् राष्ट्रिय हितमा काम गर्नका लागि आह्वान समेत गरे । ’राजनीतिक स्थायित्वका लागि योगदान गरौं । अनिश्चय र अस्थिरताको बिउ स्वयमका लागि प्रत्युपादक हुन सक्छ भन्ने बुझौं,’ ओलीले भने, ’कम्तीमा २०५२, २०५८ र २०७ सालको अनुभवहरु छन् । राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने चिन्तनबाट कसैलाई फाइदा हुँदैन ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेसको हालत सुनको बाला देखाउने बुढो बाघ जस्तै भएको टिप्पणी गरे । उनले कांग्रेसले राष्ट्रपति, सभामुख जस्ता पदमा खिचलो गर्न खोजेको आरोप लगाए । कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई सरकारमाथिको विश्वास भन्न नसकिने उनले बताए । उनले बुढो बाघको कथा सुनाए । उनको कथा यस्तो छ, एउटा बाघ बुढो भएछ । यसले एउटा महिलालाई झम्टिएर मारेछ । उनले सुनको बाटा लगाएको रहेछ । त्यो बाला त बच्यो । बाघ बाहिर हिड्न छोडेपछि गुफाबाट बाला देखाउँदो रहेछ, ए नानी यो बाला लैजाउ न । मलाई काम छैन, तिमीलाई कति सुहाउँछ हेर त भन्दो रहेछ । कोही नजिक गएर फ्याकिदिनुस् भन्यो भने हातैबाट दिन मन छ बा भन्छ । नजिकै गयो भने यताबाट झ्याप्प पार्छ ।’

प्रतिक्रिया