शुक्रबार, वैशाख १४, २०८१

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

नेपालखोज २०७९ माघ २३ गते १०:०२

काठमाडाैं । दक्षिण-पूर्वी टर्कीस्थित गाजीयान्टेपमा शक्तिशाली भूकम्प गएको छ । उक्त स्थान सिरियासँगको सीमानजिकै छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएका विवरणहरू प्राप्त भएको छ ।

कैयौँ भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन् । दियारबाकरस्थित बीबीसी टर्कीश संवाददाताका अनुसार त्यहाँ एउटा सपिङ मल भत्किएको छ ।

गाजा स्ट्रिपमा रहेका बीबीसीका एकजना कार्यक्रम उत्पादक रुश्दी अबुअलौफले आफू बसेको घर करिब ४५ सेकेन्ड हल्लिएको बताए । टर्कीका भूकम्पविद् भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन्। उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो । टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एक हो । सन् १९९९ मा देशको उत्तर-पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । बीबीसी

प्रतिक्रिया