बिहीबार, चैत १५, २०८०

प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल जारी

नेपालखोज २०७९ माघ २३ गते ९:४५

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग छलफल सुरू गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छलफलमा विधेयकसम्बन्धी विषयले प्रवेश पाएको छ ।

प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफलको आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया