पाकिस्तानमा पोलियो अभियानमा खटियका प्रहरीमाथि आक्रमण, एक जनाको मृत्यु, पाँच घाइते

नेपालखोज २०८३ वैशाख १ गते १४:०५

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समुहले पोलियो अभियानमा खटियका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँचजना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् ।

आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभान गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले जनाएको छ ।

आक्रमणकारीहरूले प्रहरीलाई आक्रमण गरी अन्धा–धुन्ध गोली हान्दा छ जना कर्मचारीहरू घाइते भएको पुष्टि गर्दै प्रहरीले उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको जनाएको छ ।

सुरक्षा बलहरू घटनास्थलमा पुगेर घटनास्थलाई घेराबन्दी गरी आक्रमणकारीहरूलाई पत्ता लगाउन खोजी अभियान सुरु गरेको बताइएको छ भने अहिले सम्म कुनै समूहले आक्रमणको दाबी गरेको छैन । – रासस/सिन्ह्वा

प्रतिक्रिया