शुक्रबार, वैशाख ७, २०८१

हिउँदे धान रोपाइँ

नेपालखोज २०७९ माघ २३ गते १०:१०
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती क्षेत्रमा हिउँदे (चैते) धान रोप्दै किसान । जिल्लाको कावासोती, मध्यविन्दु, विनयी त्रिवेणीलगायतका क्षेत्रमा हिउँदे धान रोप्ने गरिन्छ । तस्बिर : विष्णुप्रसाद गौड
रूकुमपश्चिमको सदरमुकाम मुसिकोटबाट देखिएको सूर्योदयको दृश्य । तस्बिर : सुरेश आचार्य÷रासस
नवलपुरबाट बग्ने नारायणी नदीको बगरमा घाम ताप्दै गरेका मगर गोहीहरु । नेपालका प्रायः नदीनाला तथा पोखरीमा पाइने मगर गोही रिसाहा र आक्रामक प्रवृत्तिका हुन्छन् । तस्बिर : टेकराज पोखरेल÷रासस
बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत गोइडाखोलामा ६ वर्षदेखि अलपत्र परेको पुल । ठेकेदार कम्पनी र डिभिजन सडक कार्यालयको लापरवाहीका कारण पुल अलपत्र परेको हो । तस्बिर : विनोदसिंह विष्ट÷रासस

प्रतिक्रिया