आइएमईपेको मन्थ अफ लभ अफर सार्वजनिक
नेपालखोज
२०७९ माघ २३ गते ११:११

काठमाडौं । आइएमई पेले मन्थ अफ लभअफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ् स्मार्ट फोन जित्ने मौका पाउनेछन् ।
भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफरयहीँ फेब्रुवरी ३ बाट शुरु भइ २०२३ फेब्रुवरी भरी सञ्चालनमा रहने छ । यस अफर अवधिको समाप्ति पछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत भाग्यशाली विजेताहरुको घोषणा हुनेछ ।
नेपाली जनताहरूलाई डिजिटल माध्यममा कारोबार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले यस अफर सञ्चालनमा ल्याएको हो ।
सम्बन्धित
प्रतिक्रिया