मंगलबार, वैशाख ११, २०८१

कामना सेवा र मनकामना अस्पतालबीच सम्झौंता

नेपालखोज २०८० वैशाख २१ गते १४:३२

काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले भरतपुरको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओपीडी सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटी शूल्क, सीटी, स्क्यान, आईसीयू, लगायत एनआईसीयू, एचडीयूनर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २० प्रतिशतसम्मको र बैंकका ग्राहकहरुले १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया