शुक्रबार, जेठ ३, २०८२

टर्की र सिरियाको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५०० नाघ्यो

नेपालखोज २०७९ माघ २३ गते १४:४७

काठमाडाैं । टर्कीको दक्षिणमा सिरियाली सीमा नजिकै स्थानीय समयानुसार बिहान ४ : १७ मा ७.८ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ ।

पहिलो झट्काको केही मिनेटपछि अर्को एउटा शक्तिशाली झट्का महसुस गरियो । टर्की विपद् व्यवस्थापन एजेन्सीले पूरा इलाकामा एकपछि अर्को गरी ४० भन्दा बढी पराकम्प महसुस गरिएको छ ।

टर्कीसमेत लेबनान, सिरिया, साइप्रस, इजराइल र प्यालेस्टाइना पनि भूकम्पको झट्का महसुस गरिएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले देशमा आपतकाल लागू गरेका छन् । तीव्र रुपमा उद्धार कार्य गरिएको छ ।

टर्कीका उपराष्ट्रपति फुआत ओक्तेले देशमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २८४ पुगेको र घाइतेको संख्या २ हजार ३२३ पुगेको जानकारी दिएका छन् ।

यस्तै, सिरियाली स्वास्थ्य मन्त्रालयले अहिलेसम्म २३७ जनाको मृत्यु भएको र ६०० भन्दा बढी घाइते भएको जनाएको छ ।

प्रतिक्रिया