ट्यांकरको ठक्करबाट डल्लुमा बालिकाको मृत्यु

नेपालखोज २०७९ माघ २३ गते १७:३६

काठमाडाैं । काठमाडौंको डल्लुमा ट्यांकरको ठक्करले ५ वर्षीया एक बालिकाको मृत्यु भएको छ ।

सोमबार विहान साढे १० बजे डल्लुको चामुण्डा स्कुलनजिकै बा ३ ख ५३६१ नम्बरको ट्यांकरले साइकल चलाइरहेका बेला ठक्कर दिँदा ५ वर्षकी बालिका रियानी देउलाको मृत्यु भएका प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

साइकल चलाइरहेकी बालिका ट्यांकरको ठक्कर ढलेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया